गहना लुटेर बालिकाको हत्या

हिमालय टिभी
२०७७ मंसिर २६ गते ९:१०
गहना लुटेर बालिकाको हत्या

२६ मंसिर, २०७७, नुवाकोट । गहना लुटेपछि घटना लुकाउने उद्देश्यले रसुवामा एक स्कुले बालिकाको हत्या भएको रहस्य खुलेको छ ।

स्कुल गएकी बालिका रसुवाको जङ्गलमा मंसिर २३ गते मृत भेटिएकी थिइन् । एक युवतीले उनको अपहरण गरेर गरगहना लुटेर हत्या गरेको रहस्य खुलेको रसुवा प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेकी नुवाकोटकी एक जना युवतीले हत्या गरेको पाइएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुुभयो ।

उहाँकाअनुसार कालिका गाउँपालिका–१ ग्राङ घर भएकी ६ वर्षीया बालिका सुमिना तामाङ यही मंसिर २१ गते विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको शव तीन दिनपछि मंगलवार विद्यालयदेखि दुई किलोमिटर टाढा जङ्गलमा फेला परेको थियो ।

घटनलगत्तै शंकाका आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेकोमा उनले बालिकाले लगाएको गहना लुटेर घरमा आमालाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकार गरेको सुवेदीले बताउनुभयो ।रसुवा अदालतले युवतीलाई हिरासतमा राखेर अनुसन्धान गर्न एक साताको म्याद दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *