Main News

बीमा समितिले भन्यो–तीन दिनमा कोरोना बीमा भुक्तानी गर्न सकिन्न

हिमालय टिभी
२०७७ मंसिर २५ गते २०:३३
बीमा समितिले भन्यो–तीन दिनमा कोरोना बीमा भुक्तानी गर्न सकिन्न

२५ मंसिर, २०७७ काठमाडौं । बीमा समितिले अर्थ मन्त्रालयको निर्देशनअनुसार कोरोना बीमाको भुक्तानी तीन दिनमा हुन नसक्ने बताएको छ ।

अर्थ मन्त्रालयले कोरोना बीमाको अविलम्ब भुक्तानी गर्न बारम्बार ताकेता गरेपछि समितिले आज विज्ञप्ति निकालेर छानविनमा समय लागेका कारण ढिलाई भएको जनाएको छ ।

कोरोना परीक्षण रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनु पर्दा समय लागेको बिमा समितिको दावी छ ।

यस्तै कतिपयले दुई वटा कम्पनीमा दाबी गरेको भन्दै समितिले भेरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न पनि समय लागेको बताएको छ ।

यस्तै असोज र कार्तिकमा बीमा कम्पनी र बीमा समितिका कर्मचारी संक्रमित भएकाले कार्यालयको दैनिक कार्य सञ्चालनमै समस्या परेको समेत उसको तर्क छ ।

बीमा समितिका अनुसार हिजोसम्ममा कागजपत्र पुरा भएका १७ हजार २ सय ३५ वटा दाबी परेका छन् । ति मध्ये हालसम्म ८ हजार १ सय ४५ वटाको भुक्तानी भएको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *