Main News

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीद्वारा देशका विभिन्न भागमा सरकारविरुद्ध प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २५ गते २०:२८
वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीद्वारा देशका विभिन्न भागमा सरकारविरुद्ध प्रदर्शन (भिडियोसहित)

२५ मंसिर, २०७७ काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले ओली सरकारविरुद्ध काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

ओली सरकारले राष्ट्रियता बलियो भएको जनताका पक्षमा काम भएको दावी गरेपनि राष्ट्रघात, जनघात, महंगी र भ्रष्टाचार, बढेको भन्दै क्रान्तिकारी माओवादीले प्रदर्शन गरेको हो ।

सरकार सामाजिक न्यायमा उदासीन रहेको क्रान्तिकारी माओवादीको आरोप छ । काठमाडौंको शान्ति वाटिकामा भएको प्रदर्शनमा क्रान्तिकारी माओवादीका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत मागे ।

प्रदर्शनकारीले भारतले मिचेको भूमि फिर्ता ल्याउने काममा सरकार नलागेको भन्दै आक्रोश व्यक्त गरेका छन ।

काठमाडौंमा प्रदर्शनका क्रममा प्रहरीसँग मा हातहालाहाल समेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *