Main News

थपिए एक हजार २१७ कोरोना सङ्क्रमित, थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २५ गते १९:२८
थपिए एक हजार २१७ कोरोना सङ्क्रमित, थप १२ जनाको मृत्यु

२५ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप १२ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले निकालेको तथ्यांक अनुसार ७ हजार २ सय ३२ नमूनाको पीसीआर परीक्षण गर्दा १२ सय भन्दा बढी संक्रमित पहिचान भएका हुन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४ सय ४ जना छन् ।

काठमाडौंमा ३ सय २८, ललितपुरमा ५१ र भक्तपुरमा २५ नयाँ संक्रमित भेटिएका छन् । उपत्यकावाहिर कैलालीमा ९४, मोरङ र कास्कीमा ६७र६७, सुनसरीमा ६६, रुपन्देहीमा ५६ तथा झापा र अछाममा ४८(४८ संक्रमित थपिएका छन् ।

यस्तै संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृतकको संख्या १६ सय ६३ पुगेको छ ।

पछिल्लो पटक थप १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ । देशभर अब १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *