Main News

कोरोना संक्रमणबाट पूर्व राजदूत लामाको निधन

हिमालय टिभी
२०७७ मंसिर २५ गते ८:४९
कोरोना संक्रमणबाट पूर्व राजदूत लामाको निधन

२५ मंसिर, २०७७ काठमाडौं । दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट निधन भएको छ।

कोरोना संक्रमण भएपछि लामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत हुनुहुन्थ्यो । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका तर्फबाट लामा काभ्रेबाट सांसद बन्नुभएको थियो ।

सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत समेत रहनुभएका लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो।

लामाको पार्थिव शरीर आज बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारीवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *