Main News

पोखरेललाई एआईजी बनाउने योजनामा संसदीय समितिको तगारो (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २४ गते २०:३१
पोखरेललाई एआईजी बनाउने योजनामा संसदीय समितिको तगारो (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । दरबन्दी थपेर विश्वराज पोखरेललाई एआइजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । गृह मन्त्रालयबाट प्रस्ताव नै नगई फरक ठाउँबाट प्रस्ताव आएकोले कानून अनुसार भएपनि विधि नमिलेको समितिको ठहर छ ।

सरकारको पछिल्लो निर्णयले कसैलाई काखा र कसैलाई पाखा गर्न खोजिएको समितिको निष्कर्ष छ ।

पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिक गते प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।

त्यसैका आधारमा बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो । तर यसका बारेमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *