जिल्ला प्रशासन बाँकेमा अत्याधुनिक कक्ष निर्माण

हिमालय टिभी
२०७७ मंसिर २४ गते १७:३९
जिल्ला प्रशासन बाँकेमा अत्याधुनिक कक्ष निर्माण

२४ मंसिर, २०७७ बाँके । सेवाग्राहीको सुविधाका लागि बाँके जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक कक्ष निर्माण भएको छ ।

विभिन्न कामले दैनिक करिव ५ सय सेवाग्राही पुग्ने प्रशासन कार्यालयमा नेपालगन्ज उपमहानगरपालिकाको ३६ लाख रुपैयाँ सहयोगमा सुविधा सम्पन्न कक्ष बनाइएको हो ।

एयरकन्डिशनसहितको यो कक्ष आज उद्घाटन गरिएको छ । कार्यालयमा काम व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली पनि लागु गरिएको छ । यसले सेवाग्राहीलाई निकै सहज भएको छ ।

बाँकेका बासिन्दाले सहज रुपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयलाई सहयोग गरेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नागरिकका काम छिटोछरितो बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *