खेलकूद

रोनाल्डो भन्छन्– मेस्सीलाई कहिले पनि प्रतिद्वन्द्वीका रुपमा हेरिनँ

हिमालय टिभी
२०७७ मंसिर २४ गते १७:१५
रोनाल्डो भन्छन्– मेस्सीलाई कहिले पनि प्रतिद्वन्द्वीका रुपमा हेरिनँ

२४ मंसिर, २०७७ काठमाडौं । युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफूले कहिले पनि प्रतिद्वन्द्वीका रुपमा नहेरेको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो एक दशकभन्दा बढी समय मेस्सी र रोनाल्डोमध्ये को महान भन्ने बहस भइरहेका बेला रोनाल्डोले यो प्रतिक्रिया दिएका हुन् ।

च्याम्पियन्स लीगअन्तर्गत मंगलबार राती मेस्सी र रोनाल्डो आमने सामने भएका थिए । सन् २०१८ सम्म ला लिगा छोड्नुअघि रोनाल्डो र मेस्सीको प्रतिष्पर्धा रोमाञ्चक थियो । तर, त्यसपछि यी दुई खेलाडी एक अर्काविरुद्ध उत्रिएका थिएनन् ।

क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीलाई ३–० ले हराएको थियो । खेलपछिको प्रेस कन्फ्रेन्समा रोनाल्डोले मेस्सीलाई प्रतिद्वन्द्वीका रुपमा नहेरेको बताए । ‘हामी १२–१३ पटक अवार्ड कार्यक्रममा सँगै छौं, तर उनलाई कहिले पनि प्रतिद्वन्द्वीका रुपमा हेरिनँ । मिडियाका कारण हामीलाई प्रतिद्वन्द्वी देखिएको हो,’ रोनाल्डोले भने, ‘लियोलाई सोध्नुभयो भने पनि उसको जवाफ यही हुनेछ ।’

दुबै जना आफ्नो टिमलाई जित दिलाउनका लागि प्रयत्नरत रहेको रोनाल्डोको प्रतिक्रिया थियो ।

पछिल्लो एक दशक विश्व फूटबलमा यी दुई खेलाडीको वर्चश्व रहँदै आएको छ । अहिले यी दुई खेलाडीमध्ये को महान भन्ने अनुत्तरित बहस जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्