खेलकूद

बलियो प्रतिद्वन्द्वीविरुद्ध गर या मरको अवस्थामा रियल मड्रिड

हिमालय टिभी
२०७७ मंसिर २४ गते १६:५०
बलियो प्रतिद्वन्द्वीविरुद्ध गर या मरको अवस्थामा रियल मड्रिड

२४ मंसिर, २०७७ काठमाडौं । युरोपेली च्याम्पियन्स लीगअन्तर्गत आज स्पेनिस क्लब रियल मड्रिड समुह चरणको अन्तिम खेलमा जर्मन क्लब बोरुसिया डोर्टमण्डविरुद्ध खेल्दैछ ।

पछिल्ला खेलमा खराब प्रदर्शन गरिरहेको रियल मड्रिडलाई आज गर या मरको अवस्था रहेको छ । समूह बीमा पाँच खेल खेल्दा रियल मड्रिड सात अंकसहित तेस्रो स्थानमा छ ।

आज रियललाई जित्नै पर्ने दबाब छ । जित निकाल्न नसकेको खण्डमा उसले सोही समूहको युक्रेनी क्लब शाक्टर डोनेस्ट्क र इटालियन क्लब इन्टरमिलानबीचको खेल कुर्न पर्नेछ । जसमा इन्टरमिलान विजयी हुनुपर्नेछ । यदी शाक्टर र इन्टरमिलानबीचको खेल बराबरी भएपनि रियल मड्रिडले २४ वर्षयता पहिलो पटक समूह चरणबाटै बाहिरिनेछ ।

च्याम्पियन्स लिगमा आज राती अन्य सात खेल हुँदैछन् । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिक रुसको लोकोमोटिभ मस्कोसँग प्रतिष्पर्धा गर्दैछ । समूह एबाट बायर्न म्युनिक नकआउट चरणमा पुगिसेको छ भने लोकोमोटिभ बाहिरिने पक्का भइसकेको छ । यो समुहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र अष्ट्रियाको साल्ज्बर्ग खेल्दैछन् । एट्लेटिको मड्रिडलाई बराबरी पर्याप्त हुनेछ भने साल्ज्बर्गलाई नकआउटमा पुग्न जित अनिवार्य छ ।

समुह सीमा इंग्लिस क्लब म्यान्चेष्टर सिटी र फ्रेन्च क्लब ओलम्पिक मार्से तथा पोर्चुगलको पोर्तो र ग्रिसको ओलम्पियाकोस प्रतिष्पर्धा गर्दैछन् । यो समुहबाट सिटी र पोर्तोले नकआउटमा स्थान बनाइसकेका छन् ।

समूह डीमा इंग्लिस क्लब लिभरपुल आइसल्याण्डको मिच्जिल्याण्डविरुद्ध खेल्दैछ । इटालीको एटलान्टा र नेदरल्याण्डको आयाक्स खेल्दैछन् । नकआउट चरणमा पुग्नका लागि एटलान्टालाई बराबरी पर्याप्त छ भने आयाक्सलाई जित्नै पर्ने दबाब छ । समूह डीका दुई खेल राती एघार चालिसमा सुरु हुनेछन् भने अन्य सबै खेल पौने दुई बजे सुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्