Main News

भोलिदेखि सदर चिडियाखाना खुल्ने

हिमालय टिभी
२०७७ मंसिर २४ गते ८:३६
भोलिदेखि सदर चिडियाखाना खुल्ने

२४ मंसिर, २०७७ काठमाडौं । भोलिदेखि ललितपुरस्थित सदर चिडियाखाना खुल्ने भएको छ ।

कोरोना संक्रमणको महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना भोलिदेखि खुल्ने भएको हो ।

सरकारद्वारा लागू स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालनासहित चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डाक्टर चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिनु भएको छ ।

अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । चिडियाखाना एक पटकमा ७ सयदेखि ८ सयजनासम्मलाई प्रवेश दिइनेछ ।

त्यस्तै चिडियाखाना प्रवेश गरेको दुईदेखि साढे दुई घण्टाभित्र बाहिर निस्कनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *