खेलकूद

लाजियो, लाइप्जिग र पीएसजी च्याम्पियन्स लीगको नकआउट चरणमा

हिमालय टिभी
२०७७ मंसिर २४ गते ८:१९
लाजियो, लाइप्जिग र पीएसजी च्याम्पियन्स लीगको नकआउट चरणमा

२४ मंसिर, २०७७ काठमाडौं । लाजियो, लाइप्जिग र पिएसजी र च्याम्पियन्स लीग फूटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह एफ अन्तर्गत क्लब ब्रुगेससँग २–२ गोलको बराबरी खेल्दै लाजियोले अन्तिम १६ मा स्थान पक्का पारेको । यही समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले जेनिथ सेन्ट पिटर्सवर्गमाथि २–१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लियो । यस समूहबाट बोरुसिया डर्टमण्ड यस अघि नै नकआउट चरण पुगिसकेको टोली हो ।

उता समूह एच मा म्यानचेष्टर युनाइटेड समूह चरणबाटै बाहिरिंदा लाइप्जिग र पिएसजीले नकआउट चरणमा स्थान पक्का पारे । लाइप्जिगले म्यानचेष्टर युनाइटेडलाई ३–२ गोलले स्तब्ध बनायो । जितपछि लाइप्जिग शीर्ष स्थानमा उक्लिंदा म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा खस्कँदै प्रतियोगिताबाट बाहिरिंदा पिएसजी दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा रंगभेदी व्यवहार भएको भन्दै पीएसजी र इस्तानबुलबीचको खेल स्थगित भएको छ । फोर्थ अफिसियलबाट अवे टोलीका अफिसियलमाथि रंगभेद झल्कने टिप्पणी भएको इस्तानबुलको आरोप छ । यी दुईबीचको स्थगित खेल आज राति हुनेछ ।

उता समूह जी मा युभेन्टसले बार्सिलोनामाथि ३–० को शानदार जित निकाल्यो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा बेस्कन म्याककेनीले एक गोल गरेका थिए । यस समूहबाट दुबै टोलीले अन्तिम १६ मा स्थान पक्का पारिसकेका छन् । जितपछि युभेन्टस शीर्ष स्थानमा पुग्दा बार्सिलोना दोस्रो स्थानमा खस्किएको छ ।

त्यस्तै समूह इ मा चेल्सीले क्रास्नोदारसँग ११ गोलको बराबरी खेल्दा सेभियाले रेनेसलाई ३(१ गोलले हरायो । यस समूहबाट शीर्ष स्थानको चेल्सी र सेभियाले नकआउट चरणमा स्थान सुरक्षित पारिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्