हराएको ७ लाख ४० हजार यसरी भेटियो

हिमालय टिभी
२०७७ मंसिर २३ गते १९:२१
हराएको ७ लाख ४० हजार यसरी भेटियो

२३ मंसिर, २०७७ नेपालगन्ज । अटो रिक्सामा झोला छुट्दा ७ लाख ४० हजार हराएका दाङको घोराहीका दत्त नागलाई २४ घन्टा नपुग्दै बाँके प्रहरीले रकम फेला पारेर बुझाएको छ ।

नेपालगन्जमा अटो रिक्सा चढेर दाङ जाने क्रममा हिजो नागको पैसा राखेको झोला अटो रिक्सा मै छुटेको थियो । पैसा राखेको झोला रिक्सामै छुटेपछि नागले प्रहरीमा खबर गरेका थिए । भारतबाट काम गरेर नेपाल फर्कने क्रममा नागले झोलामा राखेर ७ लाख ४० हजार रुपैयाँ ल्याएका थिए ।

प्रहरी सीसीसटीभीमार्फत पैसा राखेको झोला छुटेको रिक्सा खोजेर अनुसन्धान गर्दै जाँदा रकमसहितको झोला फेला पारी आज पत्रकार सम्मेलन गरेर नागलाई फिर्ता गरेको छ ।
रिक्सा चालकले यात्रुको रकम राखेको झोलामा पैसा देखेपछि सुरक्षित रुपमा राखिदिएका थिए । प्रहरीले सोधपुछ गर्नासाथ रिक्सा चालक देशराज बर्माले पैसासहितको झोला बाँके प्रहरीलाई बुझाएका हुन् ।

प्रहरीलाई खबर गरेको २४ घन्टा नबित्दै बाँके प्रहरीले रकम खोजेर बुझाई दिँदा नाग निक्कै खुशी हुनु हुन्छ । पैसा हराउने बित्तिकै प्रहरीले सूचना पाएको र सीसीटीभी जडान भएको क्षेत्रमा अटो रिक्सामा पैसा छुटेका कारण प्रहरी टोलीलाई खोजी गर्न सहज भएको हो । हराएको रकम खोज्न बाँके प्रहरीले तत्कालै २ वटा टोली खटाउको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *