आर्थिक

पर्यटकका लागि झोलुङ्गे पुल, रुपातालमा निर्माण कार्य शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २३ गते १४:४८
पर्यटकका लागि झोलुङ्गे पुल, रुपातालमा निर्माण कार्य शुरु (भिडियोसहित)

२३ मंसिर, २०७७ पोखरा । पर्यटकीय नगरी पोखरामा झोलुङ्गे पुललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । त्यसका लागि कास्कीको तेस्रो ठुलो रुपातालमाथि झोलुङगे पुल निर्माण शुरु भएको छ ।

२ सय ६९ मिटर लम्बाईको पुलले पोखरा महानगर–३१ पचभैया र रुपा गाउँपालिका ६ भँगरा जोड्ने छ । तालमाथि बन्न लागेको यो झोलुङगे पुल नेपालकै नौलो पर्यटकीय गन्तब्य बन्ने छ ।

पर्यटकीय नगरी पोखरा तालै तालको सहरको रुपमा चिनिन्छ । पोखरा आउने अधिकांश पर्यटक तालमा रमाउने गर्छन् । यहाँ फेवा र वेगनास पछिको तेस्रो ठुलो रुपातालमा पनि संरक्षण गर्ने काम भइरहेको छ ।

संरक्षणसँगै रुपालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तालमाथि झोलुगे पुल निर्माण शुरु भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बाँध बाँध्ने र जलाधार क्षेत्रको संरक्षणको काम गरिरहेको छ । सँगै रुपा गाउँपालिकाले तालमाथि २ सय ६९ मिटर लम्बाईको झोलुङ्गे पुल बनाउन लागेको छ ।

ताल संरक्षणसँगै झोलुङ्गे पुल निर्माण हुने भएपछि पर्यटन व्यवसायी पनि उत्साही छन् । पर्यटकलाई लक्षित गरेर निर्माण थलिएको झोलुङ्गे पुल बनेपछि पर्यटकको आकर्षण बढ्ने र पर्यटन क्षेत्रले गति लिने व्यवसायीको अपेक्षा छ ।

पोखरा महानगर–३१ र रुपा गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल नयाँ र नौलो पर्यटकीय गन्तव्य हुने जनप्रतिनिधिको पनि विश्वाश छ ।

प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार ७३० रुपैयाँ लागानीमा रुपा गाउँपालिकाले भोलुङ्गे पुल निर्माण थालेको हो । जगदम्बा–रुजल जेभीले पुल निर्माणको ठेक्का पाएको छ । पुल ६ महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *