सरकारी विद्यालयः विद्यार्थी आउँछन् खेल्छन्, शिक्षक घाम ताप्छन् र फर्कन्छन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २३ गते १४:४५
सरकारी विद्यालयः विद्यार्थी आउँछन् खेल्छन्, शिक्षक घाम ताप्छन् र फर्कन्छन् (भिडियोसहित)

२३ मंसिर, २०७७ जनकपुरधाम । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने आधिकारिक निर्णय गरिसकेको छैन । तर पनि कोरोना संक्रमणको जोखिम कम भएका र विद्यार्थी थोरै भएका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै खुलेका छन् ।

जनकपुरधाममा पनि एउटा प्राथमिक विद्यालय खुलेको छ । तर त्यहाँ पढाइ भने हुँदैन । झोला बोकेर आउने विद्यार्थी खेलेर र शिक्षक  घाम तापेर घर फर्कन्छन् ।

प्रदेश २ को राजधानी जनकपुरधामको जनता आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थी त आउँछन् तर यहाँ पढाई भने हुँदैन । जनकपुरधाम उपमहानगरपालिका ११ मा रहेको यो विद्यालयको कक्षा कोठामा विद्यार्थी खेलेर बसेका छन् । अनि शिक्षक चाहिँ यसरी घाम तापेर ।

कोरोना कहरका कारण चैतमा विद्यालय बन्द गरेको सरकारले अहिलेसम्म खुल्ला गर्ने औपचारिक निर्णय गरेको छैन । तर जोखिम कम भएका ठाउँमा स्थानीय तहका समन्वयनमा विद्यालय खोलेर पढन पाठन गर्न सरकारले भनेको छ । र जस अनुसार केही ठाउँमा विद्यालय खुलेका । जनता आधारभुत विद्यालय खुले पनि पढाइ हुँदैन । शिक्षकहरु आउँछन् । हाजिर गर्छन् । घाम ताप्छन् र फर्कन्छन् ।

तर विद्यालयका प्रधानाध्यापक धनवीर ठाकुर कक्षा ५ सम्मका विद्यार्थीलाई अभिभावकसँग समन्वय गरेर घरमै पुगेर पढाउने गरेको दाबी गर्नुहुन्छ ।

जनकपुरधाम उपमहानगरसँगको समन्वयमा निजी विद्यालय खुलेका छन् । सामुदायिक विद्यालय खोल्ने कुनै पनि निर्णय गरिएको छैन । तर सामुदायिक विद्यालयमा मनलाग्दी चलिरहेको छ । जनशक्ति अभावमा विद्यालय अनुगमन गर्न नसकेको उपमहागरपालिका बताउँछ ।

उपमहानगरपालिकाले आफ्ना नानीबाबु पढ्ने विद्यालयले के गरिरहेको छ । त्यसको बारेमा जानकारी लिने र विद्यालयलाई नियमित गराउने जिम्मा अभिभावकको पनि रहेको बताएको छ । तर अभिभावकलाई भने यसबारे खासै चासो देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *