Main News

मोरङमा प्रधानाध्यापकको गोली हानी हत्या, विप्लव समूहमाथि आशंका

हिमालय टिभी
२०७७ मंसिर २३ गते १३:०५
मोरङमा प्रधानाध्यापकको गोली हानी हत्या, विप्लव समूहमाथि आशंका

२३ मंसिर, २०७७, मोरङ । मोरङको मिक्लाजुङमा प्रधानाध्यापकको गोली हानी हत्या गरिएको छ । नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताले उहाँको हत्या गरेको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्वर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको आज बिहान हत्या भएको हो ।

बिहान ६ बजेतिर ४र ५ जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरेको सूचना पाएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

गोली हानी हत्या गरिएको अवस्थामा उहाँको शव घरबाट एक किलोमिटर टाढा बर्खेको बर्खेको जंगलमा भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठको टाउकोमा गोली प्रहार भएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खडकाले बताउनुभयो ।

हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यसबारे विप्लव समुहले कुनै प्रतिक्रिया दिएको छैन । यसअघि आइतबार विप्लव समुहले मिक्लाजुङमा स्काभेटरमा आगजनी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *