खेलकूद

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय क्रिकेट श्रृंखला रद्द

हिमालय टिभी
२०७७ मंसिर २३ गते ७:२७
इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय क्रिकेट श्रृंखला रद्द

२३ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय क्रिकेट श्रृंखला रद्द भएको छ ।

दक्षिण अफ्रिकाका एक खेलाडी र दुई होटल कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिवसीय क्रिकेट श्रृंखला रद्द भएको हो । इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच तीनवटा एक दिवसीय क्रिकेट खेल तय भएको थियो ।

यस्तै इंग्ल्याण्डका दुई खेलाडीमा समेत संक्रमण देखिएको बताइएको छ । खेलाडीमा कोरोना देखिएपछि यसअघि शुक्रबार र आइतबारका लागि तय खेल स्थगित गरिएको थियो ।

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच तीन खेलको ट्वेन्टीट्वेन्टी श्रृंखला भने पाहुना टोली इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्