Main News

राप्रपाका नेताहरुले भने–देश जोगाउन हिन्दू राष्ट्र र राजसंस्था अपरिहार्य छ

हिमालय टिभी
२०७७ मंसिर २२ गते १८:०८
राप्रपाका नेताहरुले भने–देश जोगाउन हिन्दू राष्ट्र र राजसंस्था अपरिहार्य छ

२२ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित कार्यक्रममा बोल्दै नेताहरुले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दू राष्ट्र गरी दुईवटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दू धर्म र मुलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ त्यसलाई ल्याई पक्षपाति व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यताप्रति मुलुकभरी आन्दोलन चलिरहेको छ ।’

पार्टीका अर्का अध्यक्ष कमल थापाले राप्रपा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताउनुभयो । अहिले नागरिकस्तरबाट स्वतस्फुर्त रुपमा यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेकोप्रति खुशी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धन्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिडिराखेका छन् त्यसले हामीलाई खुशी लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ ।’

अब सडकमा प्रदर्शन गरिरहेका साथीहरुलाई पनि भन्न चाहन्छु– राजा आउ देश बचाउ होइन अब जनता आउ राजा ल्याउ देश बचाउ भन्नुपर्ने बेला आयो । राजाले आएर होइन जनताले आएर राजा ल्याउनुपर्‍यो अनि त्यसपछि जनता र राजा मिलेर देश बचाउनु पर्यो‍ । यो हो अहिलेको समयको माग ।

राजसंस्था पुनःस्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौंमिकतासँग गासिएको विषय भएको बताउनुभो । अहिले राजसंस्थाको पुनःस्थापनाका लागि भएको जनप्रदर्शन जनताको भावनाको अभिव्यक्ति भएको पनि थापाले बताउनुभयो ।

उहाँले अब राजा आउ देश बचाउन भन्ने भन्दा पनि जनता आउ राजा ल्याउ देश बचाउ भन्ने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अब सडकमा प्रदर्शन गरिरहेका साथीहरुलाई पनि भन्न चाहन्छु– राजा आउ देश बचाउ होइन अब जनता आउ राजा ल्याउ देश बचाउ भन्नुपर्ने बेला आयो । राजाले आएर होइन जनताले आएर राजा ल्याउनुपर्‍यो अनि त्यसपछि जनता र राजा मिलेर देश बचाउनु पर्यो‍ । यो हो अहिलेको समयको माग ।’

अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पनि पार्टीले राजसंस्था र हिन्दू धर्मलाई पुनर्स्थापना गर्ने स्पष्ट एजेण्डा लिएर अगाडि बढेको बताउनुभयो । उहाँले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रा एजेण्डाहरु स्पष्ट छन् । त्यसमा कुनै द्विविधा छैन । हामीले भनेका छौं की संवैधानिक राजसंस्था नेपालको लागि आवश्यक छ ।’

राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा लिएर हिँड्दा धेरैले पछाडि जान थाल्यो भनिरहेको उल्लेख गर्दै अहिले पनि देशका लागि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘नेपालको राष्ट्रिय एकताका लागि, हाम्रा विविधताको बीचमा एकता गर्नका लागि एउटा निस्पक्ष राष्ट्र प्रमुखको आवश्यकता रहन्छ संवैधानिक रुपमा । त्यसकारण हामीले संवैधानिक राजसंस्था भनेका हौं ।’

कार्यक्रममा नेताहरुले केही समययता स्वतस्फुर्त रुपमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि जनता सडकमा उत्रिएको र सबै राजनीतिक शक्तिहरुले उत्सुकताका साथ हेरिराखेको बताएका छन् । यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि उत्सुकताका साथ हेरिरहेकाले अब पार्टीले नेतृत्व गरेर आन्दोलनलाई निष्कर्षमा पु¥याउनुपर्ने बेला आएको नेताहरुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *