खेलकूद

टेस्ट वरियतामा स्मिथ शीर्ष स्थानमा यथावत्, दुई स्थान उक्लिँदै केन विलियम्सन दोस्रो स्थानमा

हिमालय टिभी
२०७७ मंसिर २२ गते १७:४४
टेस्ट वरियतामा स्मिथ शीर्ष स्थानमा यथावत्, दुई स्थान उक्लिँदै केन विलियम्सन दोस्रो स्थानमा

२२ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टेस्ट खेलाडी वरियता क्रममा अष्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथ शीर्ष स्थानमा रहन सफल भएका छन् ।

अघिल्लो महिनाको वरियता क्रममा पनि स्मिथ शीर्ष स्थानमै थिए । न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो स्थानमा उक्लिएका छन् । उनले भारतका कप्तान विराट कोहली र अष्ट्रेलियाका मार्नस लाबुसचाग्नेलाई पछि पार्दै दुई स्थान माथि उक्लिए ।

कोहली र विलियमसनको समान रेटिङ छ । विराट कोहली तेस्रो स्थानमा छन् भने अष्ट्रेलियाका मार्नस लाबुसचाग्ने तेस्रो चौथो स्थानमा र पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा छन् ।

नयाँ वरियता अनुसार अष्ट्रेलियाका डेविड वार्नर छैटौं, भारतका चेतेश्वर पुजारा सातौं, इंग्ल्याण्डका बेन स्टोक्स आठौं, इंग्ल्याण्डका जो रुट नवौं र न्यूजिल्याण्ड टम ल्याथम दशौं स्थानमा छन् ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा छन् । न्यूजिल्याण्डका निल वाग्नर दोस्रो, इंग्ल्याण्डका स्टुवार्ट बोर्ड तेस्रो, न्यूजिल्याण्डका टिम साउथी चौथो र दक्षिण अफ्रिकाका कागिसो रबाडा पाँचौं स्थानमा छन् ।

अलराउण्डरतर्फ इंग्ल्यान्डका बेन स्टोक्स शीर्ष स्थानमा उक्लिएका छन् । वेष्ट इण्डिजका जेसन होल्डर दोस्रो, भारतका रवीन्द्र जडेजा तेस्रो, बंगलादेशका शकिब अल हसन चौथो र अष्ट्रेलियाका मिचेल स्टार्क पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्