आर्थिक

शेयर बजार फेरि लयमै फर्कियो

हिमालय टिभी
२०७७ मंसिर २२ गते १५:१४
शेयर बजार फेरि लयमै फर्कियो

२२ मंसिर, २०७७ काठमाडौं । हिजो सर्किट लाग्ने गरेर १ सय २३ अंकले घटेको शेयर बजारमा आज फेरि सुधार भएको छ ।

कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाउ उकालो लागेपछि नेप्से आज ७२ अंकले बढेर २ हजार अंक नाघेको छ । नेप्से २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेका कारण शेयर बजार बढ्दै गएको छ । तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत शेयर धितोकर्जा घटाउने भनेपछि त्यसको असर स्वरुप हिजो बजार घटेको थियो । तर आज बजार फेरि पुरानै लयमा फर्केको छ ।

नेप्से बढेसँगै ६ अर्ब ६६ करोड रुपैयाँको शेयर किनेबेच भएको छ । जुन हिजोको तुलनामा ५४ करोड कम हो ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । पुनर्बीमाको गत बिहीबार र हिजो पनि १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *