Main News

रौतहटको राजपुर बमकाण्डः पूर्वमन्त्री अफताब आलमका भाइ महताब आलम पक्राउ

हिमालय टिभी
२०७७ मंसिर २२ गते १२:५५
रौतहटको राजपुर बमकाण्डः पूर्वमन्त्री अफताब आलमका भाइ महताब आलम पक्राउ

२२ मंसिर, २०७७ काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् ।

भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहट ल्याइएको हो ।

२७ चैत ०६४ मा चुनावका बेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । उनीमाथि त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। प्रारम्भिक अनुसन्धानमा उनले आफ्ना दाइ अफताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ।

अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । तत्कालीन एसपी भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गर्न सफल भएका थिए । आलम हाल नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *