खेलकूद

एटालियन सिरी एमा एसी मिलानको शानदार प्रदर्शन कायमै

हिमालय टिभी
२०७७ मंसिर २२ गते ८:१९
एटालियन सिरी एमा एसी मिलानको शानदार प्रदर्शन कायमै

२२ मंसिर, २०७७ काठमाडौं । शीर्ष स्थानको एसी मिलानले इटालियन सिरी ए फूटबलमा शानदार प्रदर्शन जारी राखेको छ ।

सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा एसी मिलानले साम्पडोरियालाई २–१ गोलले पराजित गरेको हो । अवे मैदानमा फ्र्यांक केसीले ४५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ७७ औं मिनेटमा सामु कास्तिलिजोले गोल थप्दै मिलानको अग्रता दोब्बर पारे । साम्पडोरियाका लागि ८२ औं मिनेटमा अल्विन एकदलले सान्त्वना गोल फर्काए ।

जितपछि जारी सिजनमा अपराजित मिलानको १० खेलबाट २६ अंक भएको छ । मिलानले दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता समेत बढाएको छ ।

यस्तै गएराति नै क्रोटोनेलाई ४० ले हराउँदै नापोली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । नापोलीले १० खेलबाट २० अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्