Political Hightlights

स्थायी कमिटीमा ओलीको अर्को पत्र, बैठक २८ गतेसम्मका लागि स्थगित

हिमालय टिभी
२०७७ मंसिर २१ गते १६:१५
स्थायी कमिटीमा ओलीको अर्को पत्र, बैठक २८ गतेसम्मका लागि स्थगित

२१ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएका छुट्टाछुट्टै प्रस्ताव अध्ययन गर्नका लागि भन्दै बैठक एकसाताका लागि स्थागित गरी मंसिर २८ गते दिउँसो १ बजे बस्न गरी बोलाएको हो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव अध्ययन गर्नका लागि समय दिइएको बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागी नभई आफू आउन नसक्नुको कारण खुलाई पत्र पठाउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष ओलीले पठाउनुभएको पत्र पढेर सुनाउनुभयो । अध्यक्ष ओलीले पत्रमार्फत अध्यक्ष प्रचण्डले ल्याउनुभएको प्रस्ताव बैठकमा छलफलका लागि राख्न नमिल्ने भएकाले आफू उपस्थित नभएको जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले मंसिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सार्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्