Political Hightlights

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी, अध्यक्ष ओली अनुपस्थित

हिमालय टिभी
२०७७ मंसिर २१ गते १३:५४
नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी, अध्यक्ष ओली अनुपस्थित

२१ मंसिर, २०७७ काठमाडौं । सत्तारुढनेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी शुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा घेराबीच बैठक शुरू भएको हो।

बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनुहुन्न । हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भन्दै ओली बैठकमा उपस्थित नभएको बुझिएको छ ।

ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्ताव पेश हुनेछन्।

बैठकको माग गर्दै कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्रसमेत बैठकमा पेस हुनेछ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहोर्याउनुभएको थियो । र बैठकको औचित्य नरहेको भन्दै उपस्थित नहुने बताउनुभएको थियो ।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय भए पनि अहिले ४३ जना मात्रै छन् ।अग्निप्रसाद सापकोटा सभामुख भएपछि एक स्थान रिक्त छ भने कृष्णबहादुर महराको ठाउँ पनि खाली छ ।

स्थायी कमिटी बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।

यस्तै तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ।

यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भनेपछि अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमा सारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्