खेलकूद

स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्कियो एट्लेटिको मड्रिड

हिमालय टिभी
२०७७ मंसिर २१ गते ७:४१
स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्कियो एट्लेटिको मड्रिड

२१ मंसिर, २०७७ काठमाडौं । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति सम्पन्न खेलमा रियल भालाडोलिडलाई २–० गोलले हराउँदै एट्लेटिको पुनः शीर्ष स्थान पुगेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा थोमस लेमर र लोरेन्टेले एकएक गरेका थिए ।

एट्लेटिकोको १० खेलबाट २६ अंक रहेको छ । रियल सोसिडाड दोस्रो स्थानमा झरेको छ । उसले ११ खेलबाट २४ अंक जोडेको छ ।

ला लिगा अन्तर्गत नै गएराति भएका अन्य खेलमा रियल मड्रिड, कार्डिज र लेभान्टे विजयी भएका छन् । रियलले सेभियामाथि १–०, कार्डिजले बार्सिलोनामाथि २–१ र लेभान्टेले गेटाफेमाथि ३–० को जित निकालेका हुन् ।

जितसँगै रियल तालिकाको तेस्रो स्थानमा र कार्डिज पाँचौ स्थानमा उक्लिएका छन् ।

उता ला लिगामा कार्डिजले बार्सिलोनालाई सन् १९ सय ९१ पछि पहिलो पटक पराजित गरेको छ । यस्तै लेभान्टे रेलिगेशन क्षेत्रभन्दा एक स्थानमा माथि पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्