Main News

सीमित विद्यार्थीको सहभागितामा दीक्षान्त समारोह गर्ने त्रिविको तयारी

हिमालय टिभी
२०७७ मंसिर २१ गते ७:३०
सीमित विद्यार्थीको सहभागितामा दीक्षान्त समारोह गर्ने त्रिविको तयारी

२१ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पीएचडी, एमफिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडल प्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा यसपटक पीएचडी, एमफिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब दुई सय जनाको सहभागितामा समारोह गरिने जानकारी दिनुभयो ।

पुस ६ गते विश्वविद्यालयले ४६औँ दीक्षान्त समारोह मनाउँदैछ । दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन् ।

पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेदेखि स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ ।

दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक सात हजार ८७ जनाभन्दा बढी विद्यार्थीले आवदेन दिए पनि कोरोनाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नभएको विश्वविद्यालयले जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *