आर्थिक

हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि गोठालाहरु भेडा धपाउँदै उँधो झर्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते १६:४५
हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि गोठालाहरु भेडा धपाउँदै उँधो झर्दै (भिडियोसहित)

२० मंसिर, २०७७, पाँचथर । हिमाली तथा उच्च पहाडी भेगमा सञ्चालन भएका भेडीगोठ यतिबेला औलतिर झरेका छन् । हिमाली क्षेत्रमा चिसो बढ्दै पछि गोठलाहरु भेडा धपाउँदै उँधो झर्छन् । परम्परागत रुपमा घुम्ती चरनमा आधारित भएर भेडा पालिँदै आए पनि पछिल्लो समयमा भेडा पाल्ने घट्दै गएका छन् ।

हिमाली, उच्च पहाडी तथा पाँचथरका उच्च पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य श्रोत नै भेडा पालन हो । तर पछिल्ला वर्षमा यहाँ बासिन्दाले भेडा पाल्न छाडेका छन् र भेडी गोठ बेच्ने क्रम बढ्दैछ । जजसले रहरले पालेका छन्, उनीहरुले पनि निक्कै कष्ट भोग्नु परेको छ ।

चरन खोज्दै उहाँले लेकलेकमा भेडा डुलाउने गर्नु भएको छ । पाँचथरको फालेलुङको विखे लेकसम्म भेडा पुर्‍याउने योगेन्द्र साउदेनको भेडा गोठ यतिबेला बस्ती नजिकैको गुराँसे भन्ने ठाउँमा छ । गर्मीमा लेकमा रमाउने भेडा जाडो बढ्दै गएपछि तलतिर झर्छन् । त्यसैक्रममा उहाँको गोठ गुराँसेमा आइपुगेको हो ।

भेडाको पाठा–पाठी विक्री, मासु, घ्यू तथा ऊन विक्रीबाट आम्दानी हुन्छ । लेकाली भेडाको मासु घिउ र उनको माग छ र्तैपनि पाल्ने क्रम घटिरहेको छ ।

भेडाको ऊनबाट राडी, लुकुनी तथा अन्य सामग्री बनाइन्छ । भेडाको उनको सामग्रीको माग निक्कै भए पनि अचेल मागअनुसारको सामग्री पाउन कठिन छ । तर लेकलेक डुलेर कष्टका साथ भेडा पाल्नुपर्ने भएकाले नयाँ पुस्ताले यसमा चासो दिएका छैनन् ।

तीनै तहका सरकारले भेडीगोठ विस्तारका लागि काम गरे भेडा पालन आम्दानीको एउटा श्रोत बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *