बाँकेको जानकी गाउँपालिकामा अत्याधुनिक शीत भण्डार निर्माण (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २० गते १५:०६
बाँकेको जानकी गाउँपालिकामा अत्याधुनिक शीत भण्डार निर्माण (भिडियोसहित)

२० मंसिर, २०७७ बाँके । बाँकेको जानकी गाउँपालिकामा साढे ७ हजार टन क्षमताको अत्याधुनिक शीत भण्डार निर्माण गरिएको छ ।

कृषि, र जडिबुटी व्यवसायमा संलग्न नेपालगन्जका ८ जना उद्यमीले करिब २ बिघा क्षेत्रफलमा २५ करोड ३९ लाखको निजी लगानीमा शीत भण्डार निर्माण गरेका हुन ।

जुम्ला, डोल्पा लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सिजनमा स्याउ किनेर व्यवसायीले भण्डारण गरिरहेका छन् । शीत भण्डारको अभवमा वर्षेनी करौंडौंको नोक्सानी हुने गरेको थियो । अब यो समस्या समाधान भएको छ ।

शीत भण्डार निर्माणपछि किसान तथा व्यवसायीले सिजनमा तरकारी, फलफूल र जडिबुटी भण्डारण गर्ने र अफ सिजनमा विक्री गरी राम्रो मुनाफा आर्जन गर्ने सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *