Main News

स्वर सम्राटको सम्झना गरिँदै

हिमालय टिभी
२०७७ मंसिर १९ गते ७:४५
स्वर सम्राटको सम्झना गरिँदै

१९ मंसिर, २०७७ काठमाडौं । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३० औं स्मृति दिवस, आज स्वर सम्राटले सुगम संगितमा पुर्याएको योगदानको स्मरण गरिँदैछ ।

आजकै दिन ३० वर्षअघि अर्थात् २०४७ साल मंसिर १९ गते नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायणगोपाललाई नेपालले गुमाएको थियो ।

नारायणगोपालले दिएको संगीत र गायनको योगदानलाई अहिलेसम्म कुनै पनि नेपालीले तोड्न सकेका छैनन् । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुँदैछन् ।

वि.सं. १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले सयौं कालजयी गीत गाएका छन् ।

नारायणगोपालले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन छ’ लगायत गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।

नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मान यो वर्ष भने नगर्ने भएको छ । कोरोना महामारीका कारण कोषले औपचारिक कार्यक्रम नगर्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *