Main News

पुल उद्घाटन गर्न पाएपछि कांग्रेस वरिष्ठ नेता पौडेलको यस्तो प्रतिक्रिया (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १८ गते २०:५३
पुल उद्घाटन गर्न पाएपछि कांग्रेस वरिष्ठ नेता पौडेलको यस्तो प्रतिक्रिया (भिडियोसहित)

१८ मंसिर, २०७७ तनहुँ । हिजो रोकिएको तनहुँको दमौलीस्थित बुल्दी पुलको उद्घाटन आज भएको छ ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पुलको उद्घाटन गर्नुभयो । पौडेलले हिजो पुल उद्घाटन गर्न खोज्दा नेकपा कार्यकर्ताले विरोध गरेपछि तनाव भएको थियो ।

त्यसपछि प्रशासनले निषेधाज्ञा नै लगाएको थियो । निषेधाज्ञाकै बिच पुल उदघाटन गर्न हिँडेका नेता पौडेललाई प्रहरीले पक्रेर ३ घन्टापछि छाडेको थियो । हिजोको घटनाको विरोधमा कांग्रेसले सदरमुकाम दमौलीमा आज विरोध प्रदर्शन पनि गरेको छ ।

प्रदर्शनमा सहभागि भएर वरिष्ठ नेता पौडेल पुल उद्घाटनका लागि तालघरे पुग्नु भएको थियो । उद्घाटनपछि नेता पौडेलले हिजोको घटना लोकतान्त्रिक गणतन्त्रमाथिकै उपहास भएको टिप्पणी गर्नुभयो

प्रकाशमान सिंह स्थानीय विकास मन्त्री भएको बेला २०७३ साल वैशाखमा पुल निर्माण सुरु भएर २ वर्षअघि पूरा भएको थियो ।

नेकपाले त्यो पुल सांसद कृष्णकुमार श्रेष्ठबाट उद्घाटन गराउन चाहेको थियो । तर उपभोक्ता समितिले पौडेलबाटै पुल उद्घाटन गराउने निर्णय गरेपछि नेकपाका कार्यकर्ता विरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *