खेलकूद

पीएसजीसँग म्यानचेस्टर युनाइटेड ३–१ गोलअन्तरले पराजित

हिमालय टिभी
२०७७ मंसिर १८ गते ९:४२
पीएसजीसँग म्यानचेस्टर युनाइटेड ३–१ गोलअन्तरले पराजित

१८ मंसिर, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलअन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । समूह एचअन्तर्गतको खेलमा पीएसजीका लागि नेयमारले दुई तथा मार्कवीन्होसले एक गोल गर्नुभयो ।

म्यानचेस्टर युनाइटेडका लागि मार्कश रासफोर्डले एक गोल गर्नुभएको हो । पराजयपछि पनि युनाइटेड एक खेल बाँकी हुँदा ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

उसको अन्तिम १६ मा छनौट हुने सम्भावना अरु दुई क्लब पीएसजी र आरबी लेइप्जिगको जस्तै छ । जित निकालेको पीएसजी समान ९ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ ।

गएराति नै भएको खेलमा स्थानबुल बासाक्सिहिरलाई ४–३ ले पराजित गरेको आरबी लेइप्जिग पनि ९ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्