खेलकूद

च्याम्पियन्स लीग फूटबलमा चेल्सीको जित

हिमालय टिभी
२०७७ मंसिर १८ गते ९:३६
च्याम्पियन्स लीग फूटबलमा चेल्सीको जित

१८ मंसिर, २०७७ काठमाडौं । ओलिभर जिरउडको शानदार प्रदर्शनमा चेल्सीले च्याम्पियन्स लीग फूटबल अन्तर्गतको खेलमा प्रभावशाली जित दर्ता गरेको छ ।

समूह इ अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सेभिल्लालाई ४–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि चारै गोल जिरउडले गर्नुभएको हो ।

उहाँले ८, ५४, ७४ र ८३ औँ मिनेटमा गोल गर्नुभएको हो । अन्तिम १६ मा यसअघि नै स्थान पक्का गरेको चेल्सी जितपछि १३ अंकसहित शीर्ष स्थानमा कायम छ ।

पराजित भएको सेभिल्ला १० अंकसहित दोस्रो स्थानमा छ । समूह इ अन्तर्गत गएराति नै भएको खेलमा एफके क्रास्नोडरले रेनलाई १–० ले पराजित गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्