Main News

ठमेलमा रात्रीकालीन व्यवसाय गर्न पाउनुपर्ने मागसहित प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १७ गते २०:१०
ठमेलमा रात्रीकालीन व्यवसाय गर्न पाउनुपर्ने मागसहित प्रदर्शन (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । ठमेल क्षेत्रमा रात्रीकालीन व्यवसाय शुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको छ ।

कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग सहित व्यवसायीले प्रदर्शन गरेका हुन ।

उनीहरुले ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’, सरकार व्यवसाय खोलौं की आत्महत्या गरौं’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सुचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताउनुभयो ।

अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो । सबै आधिकारिक निकायमा ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *