Main News

पुल उद्घाटनका विषयमा विवादपछि व्यास नगरपालिकामा निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ मंसिर १७ गते १४:२५
पुल उद्घाटनका विषयमा विवादपछि व्यास नगरपालिकामा निषेधाज्ञा जारी

१७ मंसिर, २०७७ दमौली । तनहुँमा पुल उदघाट्नका विषयमा तनाव भएपछि प्रशासनले निशेधाज्ञा जारी गरेको छ ।

व्यास नगरपालिकास्थित बुल्दि खोलामा निर्मित पुल उद्घाटनका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि प्रशासनले दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्मका लागि निषोधाज्ञा लगाएको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दिउँसो १ बजे पुल उद्घाटन गर्ने कार्यक्रम राखिएकोमा नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघका कार्यकर्ता विरोधमा उत्रिएका थिए ।

आफ्नो पार्टीको पहलमा बनेको पुल विपक्षी नेताले उद्घाटन गर्न नहुने भन्दै युवा संघका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । कांग्रेस भातृसंगठन तरुण दलले पनि प्रदर्शन गर्न थालेपछि दमौलीमा तनाव भएको हो ।

स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । दुबै पक्षलाई सम्झाउँदा नमानेपछि अवस्था बिग्रन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । अहिले पुल उद्घाटन कार्यक्रम पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *