खेलकूद

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप हुने नेपाली टिमलाई बैंग्लोर प्रस्थान

हिमालय टिभी
२०७७ मंसिर १७ गते १३:४४
अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप हुने नेपाली टिमलाई बैंग्लोर प्रस्थान

१७ मंसिर, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीलाई आज विदाई गरिएको छ ।

च्याम्पियनसिप आउँदो शनिबार भारतको बैंग्लोरमा आयोजना हुँदैछ । प्रतियोगितामा चार जना नेपाली बडी बिल्डरले सहभागिता जनाउँदैछन् ।

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा रोजिन बज्राचार्य, धिरज घर्तीमगर, प्रकाश केसी र सुभम थापाले प्रतिस्पर्धा गर्नेछन् ।

रोजिनले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितेका छन् । उनले सन् २०१६ मा भएको मिस्टर काठमाडौंमा रजत पदक जितेका थिए । यसैगरी सन् २०१७ मा आयोजना भएको मिस्टर हिमालयमा स्वर्ण पदक जितेका थिए ।

यस्तै सन् २०१८ मा मिस्टर एभरेष्ट, मिस्टर बुल्समेन, धर्मश्री र दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले नेपाली टोलीका सदस्य रोजिनलाई सफलताको शुभकामना दिँदै खेलकूदको विकास र विस्तारका साथै खेलाडीको हौसलाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रको झण्डा बोकेर अन्तर्राष्ट्रिय एरिनामा सहभागी हुन लागेका रोजिनलगायत नेपाली टोलीलाई सफलताको शुभकामना दिए ।

उनले खेलाडीको मनोबल बढाउन क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले रोजिनलाई क्लबका तर्फबाट ट्रयाक सुट पनि प्रदान गरेका थिए । नेपाली टोली बुधबार नै बेंग्लोर प्रस्थान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्