सुनको तोलामा भाउ पाँच सय रुपैयाँ बढ्यो, प्रतितोला ९१ हजारमा कारोवार

Himalaya Television
२०७७ मंसिर १७ गते १३:२६

सुनको तोलामा भाउ पाँच सय रुपैयाँ बढ्यो, प्रतितोला ९१ हजारमा कारोवार

१७ मंसिर, २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ ।

छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला रु ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला रु ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने रु ९० हजार ५५० मा कारोवार भएको छ ।

यस्तै चाँदी आज प्रतितोला रु एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs