खेलकूद

आयाक्सलाई हराउँदै लिभरपुल च्याम्पियन्स लीगको नकआउट चरणमा

हिमालय टिभी
२०७७ मंसिर १७ गते ८:१४
आयाक्सलाई हराउँदै लिभरपुल च्याम्पियन्स लीगको नकआउट चरणमा

१७ मंसिर, २०७७ काठमाडौं । लिभरपुल च्याम्पियन्स लीग फूटबलको नकआउट चरणमा पुगेको छ ।

समूह डी अन्तर्गत गएराति आयाक्सलाई हराउँदै लिभरपुलले एक खेल बाँकी रहँदै अन्तिम १६ मा स्थान पक्का पारेको हो । घरेलु मैदानमा लिभरपुलको जितमा कर्टिस जोन्सले गरेको गोल नै निर्णयक रह्यो ।

जोन्सले ५८ औं मिनेटमा गोल गरेका थिए । शीर्ष स्थानको लिभरपुलले पाँच खेलबाट १२ अंक जोडेको छ ।

यही समूहको अर्को खेलमा एटलान्टा र एफसी मिड्ट्जील्याण्ड १–१ को बराबरीमा रोकिए । बराबरीसँगै एट्लान्टा ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

उता समूह ए मा शीर्ष स्थानको वायर्न म्युनिख र दोस्रो स्थानको एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले ।

त्यस्तै रेडबुल साल्जवर्गले लोकोमोटिभ मस्कोमाथि ३–१ गोलको जित निकाल्यो । यस समूहबाट वायर्न अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

त्यस्तै समूह बी मा इन्टर मिलानले शीर्ष स्थानको बोरुसिया मोन्चेनग्लाडबाचलाई ३–२ ले तथा शाक्टर डोनेस्कले रियल मड्रिडलाई २–० ले हराए । यस समूहबाट नटआउट चरणमा पुग्ने टोलीको टुंगो लागिसकेको छैन ।

यस्तै समूह सी अन्तर्गत शीर्ष स्थानको म्यानचेष्टर सिटी एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकियो । सिटी र पोर्टोले अन्तिम १६ मा स्थान सुरक्षित बनाइसकेका छन् । त्यस्तै मार्सेइलीले ओलम्पियकोसमाथि २१ को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्