खेलकूद

इंग्ल्याण्डले जित्यो दक्षिण अफ्रिकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखला

हिमालय टिभी
२०७७ मंसिर १७ गते ८:०९
इंग्ल्याण्डले जित्यो दक्षिण अफ्रिकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखला

१७ मंसिर, २०७७ काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलको श्रृंखला इंग्ल्याण्डले क्लिन स्विप गरेको छ ।

तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी खेलमा ९ विकेटको जित निकाल्दै पाहुना टोली इंग्ल्याण्डले श्रृंखला ३–० ले कब्जा गरेको हो ।

१ सय ९२ रनको लक्ष्य इंग्ल्याण्डले १७ दशमलव ४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो । इंग्ल्याण्डका डाविड मालन ९९ र जोश बट्लर ६७ रनमा अविजित रहे । बलिङ्मा दक्षिण अफ्रिकाका एनरिच नोर्जेले एक विकेट लिए ।

यसअघि केपटाउनमा टस जितेर ब्याटिङ् रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका रोशी भान डर डुसान ७४ तथा फाफ डुप्लेसिस ५२ रनमा नटआउट रहे । बलिङमा इंग्ल्याण्डका बेन स्टोक्सले दुई विकेट हात पारे ।

इंग्ल्याण्डका डाविड मालन म्यान अफ द म्याच र म्यान अफ द सिरिज चुनिए । इंग्ल्याण्डले पहिलो खेल ५ तथा दोस्रो खेल ४ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्