Main News

प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीमाथि अपमानपूर्ण व्यवहार (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १६ गते १८:५८
प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीमाथि अपमानपूर्ण व्यवहार (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट रिपोर्टिङमा असहज वातावरण बनाएकोमा पत्रकारले आपत्ति जनाएका छन् ।

सत्तारुढ नेकपाको सचिवालय बैठकको खबर संकलनका लागि गएका पत्रकारलाई बालुवाटारका सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै प्रवेशमा रोक लगाएर सडकमै राखेपछि पत्रकारले आक्रोश पोखेका हुन् ।

पछिल्लो समय नेकपाको बैठक बालुवाटारमै बस्दै आएको छ ।उनीहरुले बालुवाटारको व्यवहार प्रेस विरोधी र अपमानपूर्ण भनेका छन । पत्रकारले पार्टी कार्यालयमा बैठक किन नबोलाएको भन्दै प्रश्न पनि गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले सुरक्षा थ्रेट र कोरोनाको कारण देखाउँदै सञ्चारकर्मीलाई बालुवाटार प्रवेशमा रोक लगाउने गरेको छ । पछिल्लो समय नेकपाको बैठक बालुवाटारमै बस्दै आएको छ ।

पार्टीको बैठक बालुवाटारमा राखेर सरकारी सम्पत्तिको दुरुपयोग गरेकोमा आलोचना भैरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान दिनुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *