Main News

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, १३०४ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ मंसिर १६ गते १६:२४
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, १३०४ जना संक्रमित थपिए

१६ मंसिर, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्युदर उस्तै रहेपनि पछिल्लो पटक संक्रमितको संख्या भने घटिरहेको छ । ८ हजार ५ सय ८३ नमूनाको पीसीआर परीक्षण गर्दा थप १३ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।

अदालतले निशुल्क परीक्षण गर्न आदेश दिए पनि सरकारले विभिन्न मापदण्ड बनाएर शुल्क लिइरहेकाले पीसीआर परीक्षण घटेको हो ।

थपिएका संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ५ सय ३० जना छन् । काठमाडौँमा ४ सय ९, ललितपुरमा ८५ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ ।

पछिल्लो पटक २ हजार ७३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ । देशमा आज १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये १० हजार ९ सय ९८ जना होम आइसोलेसनमा छन् । ३ सय ७० जना संक्रमितको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *