Main News

काठमाडौंमा सभा र जुलुस गर्न रोक, कोरोना संक्रमण फैलन सक्ने प्रशासनको प्रष्टिकरण

हिमालय टिभी
२०७७ मंसिर १६ गते १४:२४
काठमाडौंमा सभा र जुलुस गर्न रोक, कोरोना संक्रमण फैलन सक्ने प्रशासनको प्रष्टिकरण

१६ मंसिर, २०७७ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा जुलुश र प्रदर्शनमा रोक लगाएको छ ।

कोरोना महामारीले भयावह रुप लिन सक्ने भन्दै काठमाडौं प्रशासनले भिडभाड हुने कुनै पनि गतिविधिमा रोक लगाएको हो ।

कोरोना महामारीमा सभा, जुलुस, प्रदर्शन वा अभियानका नाममा भिडभाड गर्नेलाई कानूनी कारबाही गरिने चेतावनी दिइएको छ ।

राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले आज निकालेको सूचनामा उल्लेख छ ।

पछिल्लो समय विभिन्न राजनीतिक माग राखी सभा, जुलुस र प्रदर्शन भैरहेका सूचना आएकाले त्यसबाट कोरोना संक्रमण भयावह हुन सक्ने काठमाडौं प्रशासनको ठहर छ ।

काठमाडौंमासमेत राजतन्त्रका पक्षमा गणतन्त्रको विरोध गर्दै जुलुस निस्केपछि जिल्ला प्रशासन कार्यालयले प्रदर्शनमा रोक लगाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *