Main News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर १६ गते १३:५३
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

१६ मंसिर, २०७७ काठमाडौं । थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एकएक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका–३ निवासी ८२ वर्षीय महिलाको आज बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पताल भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका–५ की ५० वर्षीया महिलाको सोमबार राति उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा मृत्यु भएको छ । उनी सोमबार नै अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै, गोरखाको गोरखा नगरपालिका–६ की ७५ वर्षीया महिलाको पनि कोरोनाका कारण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *