Political Hightlights

पार्टीभित्र जारी विवादमा ओलीलाई मात्र दोषी देख्न हुन्नः मुख्यमन्त्री पोखरेल

हिमालय टिभी
२०७७ मंसिर १६ गते १३:४४
पार्टीभित्र जारी विवादमा ओलीलाई मात्र दोषी देख्न हुन्नः मुख्यमन्त्री पोखरेल

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्न नहुने बताउनुभएको छ ।

पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्नु गुटगत मानसिकता भएको टिप्पणी समेत गर्नुभएको छ ।

नेकपाको सचिवालय बैठक बस्ने दिन आज बिहान पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको प्रतिरक्षात्मक अभिव्यक्ति दिनुभएको हो ।

पोखरेलले पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्