Political Hightlights

अल्पमत र बहुमतको निर्णयबाट अघि बढ्दा एकताको आधार भत्किने नेता ज्ञवालीको दाबी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १६ गते १३:४०
अल्पमत र बहुमतको निर्णयबाट अघि बढ्दा एकताको आधार भत्किने नेता ज्ञवालीको दाबी (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीमा अल्पमत बहुमतको निर्णयबाट अघि बढ्दा एकताको आधार भत्किने टिप्पणी गर्नु भएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता ज्ञवालीले पार्टी कमिटीहरुमा नेताको टाउको गनेर एकताको आधार बलियो नहुने बताउनुभयो ।

अल्पमत र बहुमतका आधारमा अघि बढ्न खोज्ने हो भने एकता अघिको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको रुपमा रहेर वार्ता गरी नयाँ शिराबाट जानुपर्ने उहाँको भनाइ छ ।

दुई पार्टीबीच एकता गर्दाको अन्तरिम विधानले आगामी महाधिवेशनसम्म अल्पमत बहुमतले अघि बढ्न अनुमति नदिने नेता ज्ञवालीको तर्क छ ।

आज बस्ने नेकपाको सचिवालय बैठकमा ‌ओली पक्ष सहमत नभए बहुमतका आधारमा अघि बढ्ने प्रचण्डनेपाल समूहको तयारी भइरहेका बेला ओली पक्षीय नेता ज्ञवालीको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्