खेलकूद

नेपालले सन् २०२१ मा एएफसीका कुनै पनि खेल खेल्न नपाउने

हिमालय टिभी
२०७७ मंसिर १६ गते ९:०६
नेपालले सन् २०२१ मा एएफसीका कुनै पनि खेल खेल्न नपाउने

१६ मंसिर, २०७७ काठमाडौं । नेपालका फूटबल क्लबहरुले सन् २०२१ मा हुने एशियन फूटबल महासंघ (एएफसी) को कुनै पनि खेल खेल्न नपाउने भएका छन् ।

सन् २०२१ का लागि नेपालबाट क्लब लाइसेन्सका लागि आवेदन दिएका सबै क्लबको डकुमेन्ट अपुग भएको भन्दै एएफसीले सबैको आवेदन खारेज गरेको हो । एएफसीको फर्स्ट इन्स्टेन्स बडीले नेपाली क्लवको डकुमेन्टको आधारमा निर्णय गरेपछि नेपाली क्लबले २०२१ मा कुनै पनि एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।

नेपालबाट १३ वटा एक डिभिजन क्लवले एएफसी लाइसेन्सका लागि आवेदन दिएका थिए । क्लब लाइसेन्सिङका लागि एएफसीले तोकेका मापदन्ड पूरा गर्न नेपाली ‘ए’ डिभिजन क्लबहरु अझै पनि असमर्थ रहेको बताइएको छ ।

एएफसीले मुख्य गरी ५ बुँदामा लाइसेन्सको मापदन्ड तोकेको छ । तीन बुँदाभित्र १९ वटा सहायक शीर्षक छन् । लाइसेन्स पाउनका लागि क्लबहरुको स्पोर्टिङ गतिविधि आवश्यक छ ।

यसमा एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियलको अनुबन्ध लगायत पर्नेछ । अर्को कानूनी प्रक्रिया हो । क्लबको अस्थित्व र स्वामित्वसँगै उसको विधानसमेतलाई पारदर्शी प्रस्तुत गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्