Main News

आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ मंसिर १६ गते ७:२६
आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

१६ मंसिर, २०७७ काठमाडौं । आज ३३ औँ विश्व एड्स दिवस । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विश्वभर एड्स दिवस मनाइँदैछ ।

नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ। ती मध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ।

यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको छ । यस्तै नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ।

यस्तै एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले जानकारी दिनुभयो ।

तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्तसम्ममा नेपालको कुल एचआईभी संक्रमितमध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन्।

सन् २०१० को तुलनामा सन् २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *