Main News

यस्तो छ नेपालमा एचआइभी संक्रमणको अवस्था (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १५ गते २०:४१
यस्तो छ नेपालमा एचआइभी संक्रमणको अवस्था (भिडियोसहित)

१५ मंसिर, २०७७ काठमाडौं । ३३ औं विश्व एड्स दिवस भोलि एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ मनाइँदैछ । यो दिवस मनाउँदै गर्दा नेपालमा एचआइभी संक्रमणको अवस्था कस्तो छ त ?

एचआईभी–एड्स संक्रमित व्यक्तिलाई साथ दिन र मृत्यु भएकाको सम्झना गर्दै यो दिवस मनाउन शुरु भएको ३२ वर्ष पुगिसकेको छ । एडसको ठोस उपचार नभए पनि संक्रमितले शरीरको प्रतिरक्षा प्रणाली मजवुत बनाउने विभिन्न खालका औषधि सेवन गरेर सहज रुपमा जीवनयापन गरिरहेका छन् । नेपाल सरकार २०३० सम्ममा एड्स
अन्त्य गर्ने लक्ष्यमा छ ।

सुईद्धारा लागु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमण हुने गरेको छ । समलिङ्गी र यौनकर्मीमा संक्रमण बढी छ । नेपालमा सन् २०१० को तुलनामा एचआईभी संक्रमण ६४ प्रतिशतले घटेको छ । त्यस्तै बालबालिकामा नयाँ संक्रमणको दर ८५ प्रतिशतले घटेको छ । पछिल्लो तथ्याकं अनुसार एचआइभीका कारणले मृत्यु हुनेको संख्या पनि घटेको छ ।

सरकारको तथ्यांङ्क अनुसार नेपालमा हाल २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित छन् । ती मध्ये १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला छन् ।

उनीहरुलाई ८० वटा एआरटी केन्द्र र २० वटा एआरभी केन्द्रबाट निस्शुल्क औषधी वितरण भइरहेको छ । कोरोनासँगै भएको लकडाउनका कारण नियमित औषधी सेवन गरिरहेका र अस्पताल आउनुपर्ने संक्रमितलाई भने समस्या परेको छ ।

अहिले सबैको ध्यान कोरोना नियन्त्रणमा मात्रै छ । जस्ले गर्दा एचआईभीजस्ता अन्य धेरै संक्रमणको चर्चा र यसले पारेको असरबारे कमै मात्रै चासो हुने गरेको छ ।

कोरोना महामारीका बीच पनि एचआइभी संक्रमितको औषधि नियमित गर्न सरकारले ध्यान दिए नेपालबाट एडस उन्मुलन गर्ने लक्ष्य हासिल गर्न सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *