Political Hightlights

संसदलाई सत्ता संघर्ष व्यवस्थापनको कवचका रुपमा प्रयोग गरेको कांग्रेसको आरोप

हिमालय टिभी
२०७७ मंसिर १५ गते १८:१५
संसदलाई सत्ता संघर्ष व्यवस्थापनको कवचका रुपमा प्रयोग गरेको कांग्रेसको आरोप

१५ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्तारुढ दलले संसदलाई सत्ता संघर्ष व्यवस्थापन गर्ने कवचका रुपमा प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

त्यसकै लागि लामो समयसम्म संसद बन्द राखेको उहाँको दाबी छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा सहमहामन्त्री महतले महामारीको समयमा पनि संसद बन्द गरेर सत्तारुढ दल सत्ता संघर्षको खेल व्यवस्थित बनाउन लागेको टिप्पणी गर्नुभयो ।

संक्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद बन्द गरेको पनि उहाँको आरोप छ ।

कांग्रेसको कोभिड—१९ अनुगमन समितिका संयोजक समेत रहेका महतले सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्