खेलकूद

फेडेररलाई भेटेपछि किन भक्कानिएका थिए म्याराडोना ?

हिमालय टिभी
२०७७ मंसिर १५ गते १४:२३
फेडेररलाई भेटेपछि किन भक्कानिएका थिए म्याराडोना ?

सन् २०१३ मा रोजर फेडेरर दुबई ड्यूटी फ्री टेनिस च्याम्पियनसिप खेल्दै थिए । २० पटकका ग्राण्डस्लाम च्याम्पियन फेडेररको खेल हेर्न दर्शकदीर्घामा हजारौं दर्शक सहभागी थिए ।

तिनै दर्शकबीचमा एक जना विश्व चर्चित हाइप्रोफाइल खेलाडी उपस्थित थिए, डिएगो म्याराडोना ।

युएईका फोटोग्राफर जर्ज फरारीले प्रतियोगिताको फोटो खिचिरहेका थिए । फरारीका अनुसार म्याराडोना उनी सामू पुगेर फेडेररलाई भेट्ने इच्छा जाहेर गरेका थिए ।

‘उनी रोजर फेडेररलाई भेट्न मात्र त्यहाँ आएका थिए,’ फरारीले भने ।
‘उनले रंगशालाको टनेलमा राखिएको फेडेररको तस्वीमा चुम्बन गरिरहेका थिए ।’

‘खेल सकिएपछि फेडेरर आए । उनलाई भेटेपछि म्याराडोना यति उत्साहित भए की उनको आँशु थामिएन,’ फोटो पत्रकार फरारीले सात वर्षअघिको सो घटना सम्झिए ।

‘उनले फेडेररलाई अँगालो मारेर चुम्बन गर्न थाले ।’
‘फेडेररलाई भेट्दा म्याराडोना एउटा बच्चाले आफ्नो आदर्श ब्यक्तिलाई भेटेको जस्तो ब्यवहार देखाए ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्