Main News

अछाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु, १७ जना घाइते

हिमालय टिभी
२०७७ मंसिर १५ गते १३:२१
अछाममा भएको बस दुर्घटनामा एक जनाको मृत्यु, १७ जना घाइते

१५ मंसिर, २०७७ अछाम । अछामको चौरपाटी गाउँपालिका–७ मार्कुमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

अछामबाट धनगढी जाँदै गरेको ना४ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका–३ का १८ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप १७ जना घाइते भएका छन् ।

उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले जानकारी दिनुभयो ।

यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको छ । बस साँपे(चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *