आर्थिक

सुनको भाउ तोलामा ७ सय घट्यो, प्रतितोला ९० हजार रुपैयाँमा कारोवार

हिमालय टिभी
२०७७ मंसिर १५ गते १३:०४
सुनको भाउ तोलामा ७ सय घट्यो, प्रतितोला ९० हजार रुपैयाँमा कारोवार

१५ मंसिर, २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो ।

यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *